बुटवल–तानसेन सडक आज पनि खुल्ने सम्भावना न्यून
बुटवल – शुक्रबार रातिदेखि भीषण पहिरोका कारण अवरुद्ध भएको शिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–तानसेन सडक आज पनि सुचारु नहुने भएको छ ।
तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुुल नजिकै भीषण पहिरो जाँदा शुक्रवार रातिदेखि अवरुद्ध भएको सडक हिजोदेखि खुलाउने प्रयास जारी रहे पनि माथिबाट पहिरो बारम्बार खसेकोले आज पनि सडक सुचारु गर्ने सम्भावना न्यून रहेको पाल्पाका प्रहरी प्रमुख एसपी दिपक खरेलले जानकारी दिए ।
‘गौडेपुल नजिकै भीषण पहिरो गएको छ र माथिबाट पहिरो बगिरहेको छ , दुबै तर्फबाट पहिरो सोर्ने क्रम जारी रहे पनि आज पनि उक्त सडक खोल्ने सम्भावना न्यून छ’– एसपी खरेलले भने–‘ उता दोभान नजिकै नागढुङ्गामा पनि पहिरो गएको छ । पहिरो हटाउन सडक डिभिजन कार्यालय रुपन्देहीबाट डोजर ल्याएर काम गरिएको छ । ’
यता, पाल्पा तर्फबाट पनि एक लोडर र एक्साभेटरले पहिरो पन्छाउन काम गरिरहेको भए पनि माथिबाट पहिरो झरिरहेकोले सडक खुलाउन कठिन परिरहेको दुबै तर्फका ट्राफिक प्रहरीले जनाएका छन् ।
दुई दिनदेखि सडक अवरुद्ध हुँदा बाग्लुङ्ग , गुल्मी, स्याङ्गजा , पाल्पा र पोखरा सम्मका वासीन्दाहरु आवत जावत गर्नबाट बञ्चित भएका छन् । त्यस्तै बिरामी ओसारपोसार र दैनिक उपभोग्य वस्तु आयात निर्यातमा पनि समस्या परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण