शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

हराएका ७२ लाख मूल्य बराबरको मोबाइल फेला

आइतबार, ०४ साउन २०७७, १० : ४७
आइतबार, ०४ साउन २०७७

हराएका र चोरी भएका ७२ लाख मूल्य बराबरको विभिन्न ब्राण्डका मोबाइल प्रहरीले खोजी गरेर सम्बन्धित धनीलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय इटहरीले असार र साउन महिनामा ती मोबाइल फेला पारेको हो ।

दुई महिनाको अवधिमा २९६ थान विभिन्न ब्राण्डका मोवाइल फेला पारेको इलाका प्रहरी कार्यालय ईटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । सो मोबाइलको बजार मूल्य ७२ लाख १८ हजार रहेको छ ।

०७६ वैशाखमा इप्रका ईटहरीमा सिडीआर शाखा स्थापना गरेर हराएका तथा चोरी भएका मोबाइल खोजी गर्न थालिएको थियो ।
असारमा फेला परेको २७६ थान र साउनमा फेला परेको २० थान मोबाइल प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप