हराएका ७२ लाख मूल्य बराबरको मोबाइल फेला
आइतबार, ०४ साउन २०७७, १० : ४७
हराएका र चोरी भएका ७२ लाख मूल्य बराबरको विभिन्न ब्राण्डका मोबाइल प्रहरीले खोजी गरेर सम्बन्धित धनीलाई बुझाएको छ । इलाका प्रहरी कार्यालय इटहरीले असार र साउन महिनामा ती मोबाइल फेला पारेको हो ।
दुई महिनाको अवधिमा २९६ थान विभिन्न ब्राण्डका मोवाइल फेला पारेको इलाका प्रहरी कार्यालय ईटहरीका डिएसपी धर्मराज भण्डारीले जानकारी दिए । सो मोबाइलको बजार मूल्य ७२ लाख १८ हजार रहेको छ ।
०७६ वैशाखमा इप्रका ईटहरीमा सिडीआर शाखा स्थापना गरेर हराएका तथा चोरी भएका मोबाइल खोजी गर्न थालिएको थियो ।
असारमा फेला परेको २७६ थान र साउनमा फेला परेको २० थान मोबाइल प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण