सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीमा १२ संक्रमित थपिए, कुल संक्रमितको संख्या १ हजार ३ सय २

आइतबार, ०४ साउन २०७७, १२ : ०६
आइतबार, ०४ साउन २०७७

पोखरा – गण्डकीमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १३०२ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरका ६ र लमजुङमा ६ गरि गण्डकीमा १२ संक्रमित थपिएका हुन् । 

आज थपिएका संक्रमितमध्ये पोखरा महानगरका ६ पुरुष र लमजुङका विभिन्न स्थानमा ६ संक्रमित थपिएका हुन् । लमजुङमा थपिएका संक्रमितमध्ये बेंशिसहरमा १, राइनासमा १, मध्यबिन्दुमा २ र दुधपोखरी, सुन्दरबजारमा १, १ गरि ६ संक्रमित थपिएका हुन् ।

संक्रमित १२ जनालाई नै सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भई रहेको निर्देशनालयले जनाएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप