बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय पेन्सवालाहरु उत्रिए सामाजिक सुरक्षाभत्ता कटौती विरुद्ध

आइतबार, ०४ साउन २०७७, १३ : ५६
आइतबार, ०४ साउन २०७७

गुल्मी । नेपाल सरकारले पेन्सनवालाहरुको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय गरेको विरोधमा भारतीय पेन्सनवालाहरु आन्दोलित भएका छन् । आईतबार गुल्मी जिल्ला प्रशासन कार्यालय अगाडी विरोधसभा गर्दै उनीहरुले विरोध गरेका हुन् । उनीहरुले  प्रशासनमार्फत नेपाल सरकारलाई बृद्धभत्ता सहित सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय अविलम्व फिर्ता गर्न नेपाल सरकारसमक्ष ज्ञापनपत्र पठाएका छन् ।

अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल गुल्मी जिल्ला समितिका अध्यक्ष तोयनाथ ज्ञवाली र सचिव पूर्णबहादुर गुरुङ्गद्धारा हस्ताक्षरित विज्ञप्तिमा भारतीय पेन्सनवालाहरुको पनि सामाजिक सुरक्षा भत्त कटौती गर्ने निर्णय अन्यायपूर्ण भएको भन्दै उक्त निर्णय फिर्ता गर्न माग गरिएको छ ।

नेपाल सरकारले गत असार १८ गते पेन्सनवालाहरुले दोहोरो सुविधा लिएको भन्दै सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णयको पत्रचार गरेको थियो ।  विज्ञप्तिमा स्वदेशमा रोजगारी सिर्जना हुन नसक्दा नेपालीहरु विदेशी भूमिमा श्रम बेच्न बाध्य भएको र भारतीय सेनामा भर्ती भई कन्दमुल खाँदै पहिलो र दोश्रो विश्वयुद्ध, कार्गिल युद्ध लडेको र कैयौं नेपालीहरुले रगतको खोला बगाउँदै आएको प्रसंग समेत स्मरण गराइएको छ ।

अवकाशपछि स्वदेशमा आई सामाजिक र राजनैतिक क्षेत्रमा समेत योगदान पु¥याउँदै आएका र पटक–पटक राजनैतिक परिवर्तनको आन्दोलनमा पनि योगदान पुरर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा अर्थ मन्त्रालय, अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल, संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपाल, काठमाडौंलाई बोदार्थ समेत दिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप