भारतीय पेन्सवालाहरु उत्रिए सामाजिक सुरक्षाभत्ता कटौती विरुद्ध
गुल्मी । नेपाल सरकारले पेन्सनवालाहरुको सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय गरेको विरोधमा भारतीय पेन्सनवालाहरु आन्दोलित भएका छन् । आईतबार गुल्मी जिल्ला प्रशासन कार्यालय अगाडी विरोधसभा गर्दै उनीहरुले विरोध गरेका हुन् । उनीहरुले प्रशासनमार्फत नेपाल सरकारलाई बृद्धभत्ता सहित सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णय अविलम्व फिर्ता गर्न नेपाल सरकारसमक्ष ज्ञापनपत्र पठाएका छन् ।
अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल गुल्मी जिल्ला समितिका अध्यक्ष तोयनाथ ज्ञवाली र सचिव पूर्णबहादुर गुरुङ्गद्धारा हस्ताक्षरित विज्ञप्तिमा भारतीय पेन्सनवालाहरुको पनि सामाजिक सुरक्षा भत्त कटौती गर्ने निर्णय अन्यायपूर्ण भएको भन्दै उक्त निर्णय फिर्ता गर्न माग गरिएको छ ।
नेपाल सरकारले गत असार १८ गते पेन्सनवालाहरुले दोहोरो सुविधा लिएको भन्दै सामाजिक सुरक्षा भत्ता कटौती गर्ने निर्णयको पत्रचार गरेको थियो । विज्ञप्तिमा स्वदेशमा रोजगारी सिर्जना हुन नसक्दा नेपालीहरु विदेशी भूमिमा श्रम बेच्न बाध्य भएको र भारतीय सेनामा भर्ती भई कन्दमुल खाँदै पहिलो र दोश्रो विश्वयुद्ध, कार्गिल युद्ध लडेको र कैयौं नेपालीहरुले रगतको खोला बगाउँदै आएको प्रसंग समेत स्मरण गराइएको छ ।
अवकाशपछि स्वदेशमा आई सामाजिक र राजनैतिक क्षेत्रमा समेत योगदान पु¥याउँदै आएका र पटक–पटक राजनैतिक परिवर्तनको आन्दोलनमा पनि योगदान पुरर्याएको विज्ञप्तिमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा अर्थ मन्त्रालय, अल नेपाल भारतीय पूर्व सैनिक कल्याणकारी संघ नेपाल, संयुक्त भूतपूर्व सैनिक एवं प्रहरी कल्याणकारी महासंघ नेपाल, काठमाडौंलाई बोदार्थ समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण