सात प्रतिशत बढी उठ्यो राजस्व, साढे ११ लाख करदाताले लिए प्यान नम्बर
आर्थिक वर्ष २०७६/७७ मा झण्डै ४ खर्ब रुपैयाँ राजस्व आन्तरिक राजस्व विभागले संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ७ प्रतिशत बढी हो । विभागले आयकर, मूल्य अभिवृद्धिकर, अन्तशूल्क, शिक्षा सेवा शूल्कलगायत गरी कुल ३ खर्ब ८४ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको हो ।
अघिल्लो आव २०७५/७६ मा कुल ३ खर्ब ५८ अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको थियो । विभागले अघिल्लो आवको तुलनामा २६ अर्ब बढी राजस्व संकलन गरेको हो ।
जसमध्ये आयकर वापत २ खर्ब १७ अर्ब २६ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर वापत ९८ अर्ब २२ करोड रुपैयाँ, अन्तशुल्क वापत ६४ अर्ब ७९ करोड रुपैयाँ संकलन भएको छ । साथै, शिक्षा कर र अन्य गरी ४ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
यसैगरी, विभागद्वारा उपलब्ध तथ्यांक अनुसार एक वर्षमा ११ लाख ४७ हजार नयाँ करदाताले स्थायी लेखा नम्बर लिएका छन । जसमध्ये १ लाख ९४ हजार व्यवसायीक करदाता र ९ लाख ५३ हजार व्यक्तिगत करदाताले स्थायी लेखा नम्बर लिएका छन् ।
कोभिड–१९ का कारण करिब ४ महिनाको बन्दाबन्दीले सामाजिक, आर्थिक तथा प्राशासनिक क्षेत्रमा परेको समस्या, स्वास्थ्य जोखिम तथा मनोसामाजिक प्रतिकुलताले लगानी, उत्पादन, व्यवसाय र रोजगारीमा पारेको नकारात्मक असरले राजश्व संकलनमा प्रभावित भएको विभागको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण