प्रदेश कर्मचारीको वैयक्तिक विवरण अद्यावधिक गर्ने तयारी
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशमा समायोजन भई आएका कर्मचारीको वैयत्तिक विवरण अद्यावधिक गर्ने तयारी थालेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा समायोजन भइ आएका कर्मचारीको वैयक्तिक विवरण अद्यावधिकका लागि सो विवरण उपलब्ध गराइदिन नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।
प्रदेशका कर्मचारीको वैयत्तिक विवरण अध्यावधिक गर्नका निम्ति मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाइ नियन्त्रित पहुँच उपलब्ध गराउनसमेत अनुरोध गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।
त्यस्तै मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेश हुने कानूनी विषय जोडिएका दस्तावेजलाई कानूनीरुपले परिपक्व बनाउने सम्बन्धमा मन्त्रालयले मन्त्रिपरिषद्मा पेश हुने कानूनी दस्तावेज र प्रस्ताव (कानूनी विषय जोडिएका) तयार गर्दा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानून सचिवलाईसमेत अनिवार्यरुपमा सहभागी गराउने निर्णय भएको प्रवक्ता केसीले बताइन् ।
उनका अनुसार मन्त्रिपरिषद्को उक्त बैठकले कर्णाली प्रदेश विशेष अनुदानसम्बन्धी कार्यविधि, २०७५ को तेस्रो सशोधन स्वीकृत गर्ने, कर्णाली प्रदेश आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७७ र कर्णाली प्रदेश जिन्सी मालसामान लिलाम बिक्री निर्देशिका, २०७७ स्वीकृत गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण