सेयर बजारमा २ अर्बको कारोबार, २ पटक सर्किट ब्रेक लागेको बजार अन्ततः घटेर बन्द
काठमाडौं । मौद्रिक नीति पछि सेयर बजारमा उछाल देखिएको छ । आइतबार ३ पटक सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको बजार सोमबार पनि २ पटक सकारात्मक सर्किट ब्रेक लाग्यो । र, अन्तमा बजार १४.९ अंकले घटेर बन्द भएको छ । यद्यपि कारोबार भने उत्साहप्रद देखिएको छ ।
सोमबार १ सय ८१ कम्पनी कारोबारमा आए । जसको २ अर्ब ८० करोड २२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजार १४६४.९४ बिन्दुमा अडिएको छ । घटेर बन्द भएको बजारमा बैकिङ समूह, विकास बैंक समुह, फाइनान्स र म्यूचुअल फण्ड समुह बढेको छ भने बाँकी सबै समुह घटेको छ ।
सबैभन्दा बढी विकास बैंक समूह १६.९३ अंकले बढेको छ । बैकिङ समूह ३.१४ अंकले बढेको छ । फाइनान्स समूह १.१५ अंकले बढेको छ भने म्यूचुअल फण्ड ०.०१ प्रतिशतले बढेको छ । युनाइटेड फाइनान्स, एनआइसी एशिया लघुवित्त, स्पर्श लघुवित्त, हिमालय उर्जा बिकास कम्पनी लगायतले सबैभन्दा बढी कमाएका छन् भने गुराँस लघुवित्त वित्तिय संस्था, मञ्जु फाइनान्स, शिभम सिमेन्ट, परवार्ड कम्यूनिटी माइक्रोफाइनान्स लगायतले सबैभन्दा बढी गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण