हत्या अभियुक्त ‘फटाहा कान्छा’ १९ वर्षपछि पक्राउ
काठमाडौैँ – प्रहरीले ज्यान मार्ने मुद्दाका फरार अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–६ महेश्वरमार्गका ३७ वर्षीय फटाहा कान्छा भन्ने प्रेम मोक्तान रहेका छन् ।
मोक्तानले आर्थिक लेनदेनको विवादलाई लिएर २०५८ वैशाख ४ गते सुनसरी इटहरी उपमहानगरपालिका–९ चोकदेखि पूर्वपट्टी रहेको प्याराडाइज रेष्टुरेन्ट एण्ड पुल हाउसमा ३९ वर्षीय रोशन चौधरीमाथि खुकुरी प्रहार गरेका थिए ।
चौधरीलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएर भागेका फटाहा कान्छा भन्ने प्रेम मोक्तान लकडाउनको समयमा गाउँघरमा आएर लुकिछिपि बसेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी धर्मराज भण्डारीले बताए ।
पक्राउ परेका मोक्तानलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको भण्डारीले बताए । सोही घटनामा ३९ वर्षीय रमित मोक्तान अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार रमितको खोजीकार्य भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण