प्रदेश नम्बर २ मा बाढीः करिब १ हजार जना बिस्थापित
जनकपुर । प्रदेश नम्बर २ मा आइतबारदेखि परेको अविरल वर्षापछि आएको बाढीका कारण २ सय १९ घरधुरीका ८ सय ४५ जना विस्थापित भएका छन् । बाढीको उच्च जोखिममा रहेको प्रदेश–२ मा दुई दिनमै ८ सय ४५ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । दुई दिनको वर्षाका कारण बाढी आउँदा सप्तरीमा सबैभन्दा बढी १ सय ५० घरधुरीका ४ सय ५० जना विस्थापित भएका छन् भने २ वटा घरमा क्षति पुगेको जाएको छ ।
त्यस्तै सर्लाहीमा ४६ वटा घरका २ सय ५५ जना विस्थापित भएका छन् भने एउटा घरमा क्षति भएको छ । उता रौतहटमा २३ वटा घरधुरीका १ सय ४० जना विस्थापित भएका छन् भने त्यहाँ एउटा घरमा क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै महोत्तरीमा २, बारामा १ र पर्सामा २२ वटा घरमा क्षति भएको प्रहरी प्रवक्ता मिश्रले बताए ।
प्रदेश २ मा अहिले बाढीलाई मध्यनजर गर्दै उद्धारका लागि २ हजार ८ सय १० जना प्रहरीलाई परिचालन गरिएको छ भने ९ सय ६० जनालाई स्ट्याण्डवाई राखिएको छ । बाढीबाट उद्धारको लागि सप्तरीमा ३ सय ७०, सिरहामा ३ सय ४०, धनुषामा ३ सय ६०, महोत्तरीमा २ सय ९५, सर्लाहीमा ३ सय ८०, रौतहटमा ३ सय ९०, बारामा ३ सय ३० र पर्सामा ३ सय ४५ जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण