सिन्धुपाल्चोकको कोठेमा अरनिको राजमार्ग भासियो
बुधबार, ०७ साउन २०७७, ०८ : २३

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित कोठेमा अरनिको राजमार्ग भासिएको छ ।
बलेफी–५ मा सड्क भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी माधव काफ्लेले जानकारी दिए ।
सडक भासिएको ठाउँमा ठुला सवारी पास हुनसक्ने अवस्था छैन । साना सवारी एकतर्फी रुपमा मात्रै पास गराइएको छ ।
सडक भासिएपछि दोलखा, रामेछाप, सिन्धुपाल्चोकको भोटेकोशी, बाह्रविसे र तातोपानी आवत–जावत प्रभावित भएको छ ।
वर्षा कम भएको हुनाले स्थानीय निकायले स्काभेटरको प्रयोग गरेर सडक सुचारु गर्ने प्रयास गरिरहेका छन् ।
अरनिको राजगमार्गको सिन्धुपाल्चोक खण्डमा यसअघि पनि बाढी र पहिरोका कारण बाटो अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन