सिन्धुपाल्चोकको कोठेमा अरनिको राजमार्ग भासियो
बुधबार, ०७ साउन २०७७, ०८ : २३
काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकास्थित कोठेमा अरनिको राजमार्ग भासिएको छ ।
बलेफी–५ मा सड्क भासिएपछि आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी माधव काफ्लेले जानकारी दिए ।
सडक भासिएको ठाउँमा ठुला सवारी पास हुनसक्ने अवस्था छैन । साना सवारी एकतर्फी रुपमा मात्रै पास गराइएको छ ।
सडक भासिएपछि दोलखा, रामेछाप, सिन्धुपाल्चोकको भोटेकोशी, बाह्रविसे र तातोपानी आवत–जावत प्रभावित भएको छ ।
वर्षा कम भएको हुनाले स्थानीय निकायले स्काभेटरको प्रयोग गरेर सडक सुचारु गर्ने प्रयास गरिरहेका छन् ।
अरनिको राजगमार्गको सिन्धुपाल्चोक खण्डमा यसअघि पनि बाढी र पहिरोका कारण बाटो अवरुद्ध भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण