प्रभाससँगको नयाँ फिल्मका लागि दीपिकालाई २० करोड पारिश्रमिक
प्रभासको अर्को फिल्ममा अनुबन्ध भएलगत्तै दीपिका पादुकोण भारतीय सिनेमाको इतिहासकी सर्वाधिक कमाई गर्ने नायिका बनेकी छिन् । प्रभासको यो फिल्मको घोषणा तीन दिनअघि भएको थियो । दीपिका आफ्नो फिल्ममा मुख्य नायक बराबरको पारिश्रमिक लिने गर्छिन् । तर यो फिल्मका मुख्य नायक प्रभासको पारिश्रमिक ५० करोड हो । दीपिकालाई ५० करोड त होइन तर २० करोड पारिश्रमिक सहित फिल्ममा अनुबन्ध गरिएको थियो ।
दीपिकाको स्टारडमका लागि फेरियो कहानीः
फिल्ममा नायिकाको भूमिका प्रभासको भूमिकाभन्दा कम महत्वको थियो । तर दीपिका बोर्डमा आएपछि अब यसमा नायिकाको स्टारडम र पारिश्रमिकको अनुसार परिवर्तन गरिँदै छ । फिल्मको प्रोडक्सन पूजा दत्ताको वैजयन्ती प्रोडक्सन गरिरहेको छ । वैजयन्ती प्रोडक्सन हाउस साउथ सिनेमामा आफ्नो ५० वर्ष पूरा गरिरहेको छ । निर्देशक नाग अश्विनको साइन्स फिक्सन फिल्म तेस्रो विश्वयुद्धको कहानीमा आधारित हुनसक्ने अनुमान गरिएको छ ।
श्रद्धा कपुरपछि दीपिका दोस्री नायिकाः
दीपिका प्रभाससँग काम गर्ने दोस्री बलिउड नायिका हुन् । यसअघि श्रद्धा कपुर साहोमा प्रभासको अपोजिट थिइन् । प्रभासको २० औं फिल्ममा भाग्यश्री पनि उनीसँग देखिने भएकी छिन् । फिल्मको घोषणा भएलगत्तै दीपिका र प्रभासले एक–अर्कालाई सोसल मिडियामा फलो गर्न पनि सुरु गरेका छन् । दीपिका रणवीर सिंहसँग फिल्म ‘८३’ मा पनि देखिनेछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण