पुष्पलालका पदचिह्नकै कारण ऐतिहासिक परिवर्तन : नेता नेपाल
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ । दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टीका उपाध्यक्ष वामदेव गौतम, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पुष्पलाललाई स्मरण गरिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिकरुपमा स्पष्ट बनाउन आवश्यक रहेको औल्याए । उनले निरङ्कुश तथा सामन्ती राजतन्त्रको अन्त्य, केन्द्रिकृत राज्यसत्ताको ठाउँमा सङ्घीय प्रणाली समावेशी लोकतन्त्र जस्ता विषयले मुलुक सबैको साझा हो र कसैको विशेषाधिकार छैन भन्ने कुरा व्यवहारमा स्थापित गर्न सफल भएको बताए ।
प्रतिष्ठानका सदस्य विष्णु रिजालले यसपटक हामीले कोभिड–१९ गर्दा पनि पुष्पलालप्रति श्रद्धाञ्जलि व्यक्त गर्न कार्यक्रम गरिएको बताए । कार्यक्रममा नेता नेपालले मात्र मन्तव्य राखेका थिए । उनले दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर पुष्पलालको सपनालाई साकार मात्र पारेको नभई नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मकरुपमा एक कदम अघि बढाउन ठोस योगदानसमेत गरेको बताए । उनले पुष्पलालले स्थापना गरेका पद चिह्नमा दृढतापूर्वक हिँड्न सकेकै कारण हामीले नेपालमा ऐतिहासिक परिवर्तन गर्न सकेको उल्लेख गरे ।
पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण