मनसुन कमजोर बन्दै : जोखिम टरिसकेको छैन
मुलुकभर मङ्गलबार रातिदेखि मनसुन कमजोर बन्दै गए पनि जोखिम अझै टरिनसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अझै पनि मनसुनी वायु नेपाल भित्रिने क्रम जारी छ । अहिले पनि देशभर मौसम आँशिकदेखि सामान्य बदली रहेको छ ।
अहिले वर्षा गराउने न्यूनचापीय रेखा केही दक्षिणतर्फ सरेको भए पनि नेपालको पूर्वी भेग नजिक रहेकाले रातिमा मनसुन केही सक्रिय हुने देखिएको मौसमविद् शान्ति कँडेलले बताइन् । साउन ४ र ५ गते जसरी लगातार वर्षा भने नहुने तर केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उनले बताइन् ।
“मनसुन कमजोर छ, तर जोखिम टरिसकेको छैन, जमिन गलिसकेकाले सामान्य वर्षाले पनि असर गर्नसक्छ, बाढीको बहाव धेरै नघटेकाले अझै सचेत हुनुपर्छ”, कँडेलले रासससँग भनिन् । आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, बाग्मती र गण्डकीका एक÷दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
बिहीबार अपराह्न देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना कायमै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा बहाव घट्ने र सतर्कता तलै हुने, आगामी तीन दिन प्रमुख र मझौला नदीमा ठूलो बाढीको जोखिम नरहेको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ ।
कन्काई, कमला, वाग्मती, पश्चिम राप्ती र बबईमा बहाव घट्दो हुने तर कन्काई, कमला र वाग्मतीको केही सहायक नदीमा आकस्मिक बहाव आउनसक्ने भएकाले सचेत रहन भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण