लिम्पियाधुरातर्फ पनि भारतीय सडक
काठमाडौं – भारतले महाकाली नदीपूर्व नेपाली भूभाग गुन्जी हुँदै लिम्पियाधुरातर्फ जाने सडक मनोमानी ढंगले बनाइरहेको छ ।
कोरोना महामारीकै मौकामा भारतले सीमा सडक संगठन बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले गुन्जी–जोलिङकाङ सडक निर्माणलाई तीव्रता दिएको हो ।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग तवाघाटबाट लिपुलेक हुँदै मानसरोवर जाने सडक वैशाख २६ गते मात्रै उद्घाटन गरेका थिए ।
त्यसपछि धार्मिकस्थल आदि कैलाश जानका लागि सडक बनाइरहेका भारती दैनिक पत्रिका अमर उजालाले हालै लेखेको छ । त्यो सडक नेपाली भूमि गुन्जी, नाभी, कुटी हुँदै जान्छ ।
३४ किलोमिटर ट्र्याक खोल्ने काम सकिएको समाचारमा उल्लेख छ । ‘बीआरओले तवाघाट–लिपुलेक सडक लिंक गरेपछि गुन्जीबाट जोलिङकाङसम्मको ट्र्याक खोल्ने (कटिङ) को काम पूरा गरेको छ’, अमर उजाला लेख्छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण