९० को दशकका यी अभिनेत्री, तस्बिर हेर्दा चिन्नै मुश्किल !
एजेन्सी – न एउटै समय रहन्छ, न उस्तै मान्छे । दशकौंदेखि बलिउडमा राज गर्दै आएका अभिनेत्रीहरुको रुप र रङ्गमा पनि ठूलो परिवर्तन आएको छ । यस्ता केही अभिनेत्रीहरु छन् जो ९० को दशकदेखि बलिउडमा एकछत्र राज गर्दै आइरहेका छन् ।
तर, ति अभिनेत्रीहरुको अनुहारमा भने परिवर्तन आएको छ । उनीहरु ९० को दशकमा जस्ता देखिन्थे आज उस्तै देखिदैँनन् ।
काजोल ९० को दशककी सबैभन्दा चर्चित अभिनेत्री हुन् । उनले १९९२ मा ‘बेखुदी’ बाट बलिउडमा पाइला राखेकी थिइन् । शुरुवाती दिनहरुमा काजोल सुन्दर नभएको भन्दै निकै आलोचना हुने गथ्र्यो । तर, पछिल्ला वर्षहरुमा काजोलको सुन्दरतालाई लिएर प्रशंसा गर्ने गरिन्छ ।

बलिउडकी ‘धक–धक गर्ल’ अर्थात् माधुरी दीक्षितले आफ्नो सुन्दरता र नृत्यबाट सबैलाई मोहित बनाएकी छिन् । उनले सन् १९८४ मा ‘अबोध’ बाट बलिउडमा डेब्यु गरेकी थिइन् । उक्त समयकी माधुरी र अहिलेकी माधुरीमा आकाश जमिनको फरक पाइन्छ ।

यस्तै, आफ्नो सुन्दरताकै कारण करोडौंको मनमा बस्न सफल ऐश्वर्या रायले तमिल फिल्म ‘इरुअर’ बाट सन् १९९७ मा फिल्म क्षेत्रमा पाइला राखेकी थिइन् । उनले सन् १९९४ मा विश्व सुन्दरीको ताज समेत हासिल गरिन् । उनी जति उमेरमा पाको हुँदै गइन् उनको सुन्दरतामा झनै निखार आइरहेको छ ।

९० की दशककी अर्की अभिनेत्री हुन्, रवीना टन्डन । आफ्नो फिल्म करियरमा थुप्रै चर्चित फिल्ममा काम गरेकी रवीनाले सन् १९९१ मा ‘पत्थर के फूल’ फिल्मबाट बलिउडमा पाइला राखेकी थिइन् । आज पनि उनी निकै सुन्दर देखिन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण