कोरियामा नेपाली मजदुर प्रभावित हुनसक्ने
सिउल । दक्षिण कोरियाको आर्थिक वृद्धिदरमा अत्यधिक गिरावट आएको छ । बैंक अफ कोरियाले बिहीबार प्रकाशित गरेको एक तथ्याङ्कअनुसार कूल ग्राहस्थ उत्पादनमा कमी आएसँगै आर्थिक वृद्धिमा कमी आएको हो । पछिल्ला तीन महिनामा आर्थिक वृद्धि तीन दशमलव तीन प्रतिशतले गिरावट आएको छ । यो गिरावट दोस्रो त्रैमासिकको तुलनामा १.३ प्रतिशतले बढी हो ।
केन्द्रीय बैंकका अनुसार हालको आर्थिक वृद्धिदर सन् १९९८ यताकै सबैभन्दा कमजोर हो । उक्त समयमा कोरियालागायत एशियाव्यापीरूपमा आर्थिक मन्दी छाएको थियो । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण अप्रिलदेखि जुनसम्मको कूल ग्राहस्थ उत्पादनमा २.९ प्रतिशतले कमी भएको छ । यसले कोरियामा रोजागारी गरिरहेका नेपालीलगायत अन्य देशका मजदुरलाई पनि अप्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।
दक्षिण कोरियाको ठूलो अर्थतन्त्र निर्यातमा निर्भर पर्छ, तर पछिल्लो त्रैमासिकमा उत्पादित सामान निर्यातमा भारी गिरावट देखिएको छ । यातायातका साधन तथा स्मार्ट फोनहरूको निर्यातमा १३.६ प्रतिशतले गिरावट आएको छ । निर्यातमा आएको यो गिरावट सन् १९७४ पछिको सबैभन्दा धेरै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण