बालुवाटारमा ओली र प्रचण्डबीच २ घण्टा छलफल
काठमाडौं । पार्टी विवादमा सहमति खोज्ने विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार करिव २ घण्टा ओली प्रचण्ड छलफल भएको हो ।
दुई नेताबीच स्थायी समिति बैठक, अर्लि महाधिवेशन र नेतृत्व परिवर्तन लगायतका विषयमा छलफल भएको बताइएको छ । नेकपामा ओलीको राजीनामा प्रचण्ड र अर्का नेता माधवकुमार नेपाल पक्षले माग्दै आएका छन् । तर ओलीले आगामी मंसिरमा अर्लि महाधिवेनमार्फत नेतृत्व हस्तान्तरण गर्ने भन्दै महाधिवेशनको प्रस्ताव अघि सारेका छन् । यसमा प्रचण्ड–नेपाल पक्ष सहमत हुन सकेका छैनन् ।
सोही विषयमा विवाद भएपछि गत मंगलबार बसेको स्थायी समिति बैठक एक साताका लागि स्थगित गरिएको छ । सहमति खोज्ने भनिएपनि मंगलबारयता ओली प्रचण्डबीच सम्वाद हुन सकेको थिएन । शुक्रबार दुई नेताबीच सम्बाद भएपनि कुनै निश्कर्षमा नपुगेको ओली प्रचण्ड निकट नेताहरुले बताएका छन् ।
शुक्रबार ओलीसँगको छलफलसँग अध्यक्ष प्रचण्ड तुलसीलाल प्रतिष्ठानको कार्यक्रममा सहभागी हुन ललितपुर पुगेका छन् । नेकपाको स्थायी समिति बैठक आगामी १३ गते बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण