नागपञ्चमीमा यसरी गरियो नागपूजा (तस्बिरहरु)

श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नागपञ्चमी पर्व आज घरका मूल ढोकामाथि ब्राह्मण पुरोहितबाट नागको तस्वीर टाँसी पूजाआजा गरेर मनाइएकोे छ ।
आजको दिनमा घरको मूल ढोकामाथि नागको तस्वीर टाँसेमा नाग, सर्प, बिच्छी जस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास रही आएको छ । साथै चट्याङ, अग्निभय र मेघका कारणसमेत पीडित हुनु नपर्ने भन्ने कुराको उल्लेख बराहलगायतका पुराणमा गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ।
आजको दिन काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत नेपालभरका नागदह, नागकुण्ड र नागस्थानमा नागको पूजाआजा गरी मेला लाग्ने गर्दछ ।
आज नाग पूजा गरेपछि खेतबारीमा खनजोत नगरी किसानलेसमेत आराम गर्ने गर्दछन् । आजको दिनमा खनजोत गरेमा नाग मारिन्छन् भन्ने धार्मिक विश्वास छ । घर, खेत, बारीमा पनि नागले बास गर्छन् भन्ने वैदिक मान्यता छ ।
नागपञ्चमीका दिन विधिपूर्वक पूजाआजा गरी घरको मूल ढोकामा नाग टाँसेमा वर्षभर विद्युत्, अग्नि, सर्प, चट्याङलगायतको भय नहुने धार्मिक विश्वाससमेत नेपाली समाजमा छ ।
तस्बिरहरुः सुवास श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प