नवलपरासीबाट १८ लाख २१ हजारको तस्करीका मालसमान बरामद
परासी – पश्चिम नवलपरासीमा चोरी–तस्करी मौलाएको छ । स्थानीय तस्करहरुले मौका छोपी भारतबाट नेपाल र नेपालबाट भारत विभिन्न सर–सामानको चोरी तस्करी गर्दै आएका छन् ।
नेपाल र शसस्त्र प्रहरीको २४ घण्टे निगरानीका वावजुद पनि तस्करहरु खेत र खोलाको बाटो प्रयोग गरि कपडालत्ता, मटर, लागूऔषध, खसीबोका, खाद्यान्न, हार्डवेयर, ईलेक्ट्रीक लगायतका सामाग्रीहरुको चोरी तस्करी गर्दै आएका छन् ।
२८ किलोमिटर खुला सिमा रहेको जिल्लाको विभिन्न स–साना अवैध नाकाहरु प्रयोग गरि तस्करी हुँदै आएको छ । दशगजामा पानी र झारपात बढेकाले गस्ती गर्न सुरक्षाकर्मीलाई कठिनाई हुने र सोही मोका छोपी तस्करहरु सुरक्षाकर्मीको आँखा छल्दै रातीको समयमा तस्करी गर्ने गरेको पाइएको छ ।
त्यसैगरि, तस्करी गरिरहेकै अवस्थमा शसस्त्र प्रहरीले हिजो शनिवार राति १७ लाख मुल्य बराबरको ८५ वटा अवैध खसी बरामद गरेको छ । स्थानीय तस्करहरुले रातिको समयमाय भारतबाट सुस्ता ५ बलीनगर अवैधबाटो प्रयोग गरि नेपाल भित्र्याउन खोजेको ८५ वटा खशीलाई शसस्त्र प्रहरीको गस्ती टोलीले विशेष सुराकीको आधारमा नियन्त्रणमा लिएको हो ।
खसी नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मी र तस्करहरु बिच सामान्य विवाद समेत भएको थियो । १७ लाख मुल्य बराबरको बरामद उक्त खशी आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खनियाले जानकारी दिए ।
त्यस्तै, नेपाल प्रहरीले पनि हिजो शनिवार विनिन्न नाकाबाट १ लाख २१ हजार मुल्य बराबरको मालसमान बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न नाकाबाट हार्डयवरका सामान र ३७ बोरा केराउ बरामद गरि आवश्यक कारवाहीको लागि महेसपुर भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सिमामा भैरहेको चोरी तस्करी रोक्न सुरक्षाकर्मीहरुले निगरानी बढाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारी वर्षाका कारण माइतघीर जलमग्न (तस्बिरहरु)
-
वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति
-
महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
-
वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
-
साउनभित्र काठमाडौँमा राष्ट्रिय भेला गर्ने देउवा समूहको घोषणा
-
आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण