महँगी र कालाबजारी नियन्त्रण गर्न देउवा समूहले गरायो सरकारको ध्यानाकर्षण
सारांश
- नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले खाद्यान्न, यातायात, स्वास्थ्य र शिक्षा क्षेत्रमा बढेको महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
- समूहले सुकुमबासीहरूलाई उचित व्यवस्थापन बिना अस्थायी वासस्थानबाट हटाउने र मानवअधिकारकर्मीमाथि धरपकड तथा कुटपिट गर्ने सरकारी कार्यको निन्दा गरेको छ ।
- भारी वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानको जोखिम बढेको अवस्थामा विपद्मा परेका नागरिकको तत्काल उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ ।
काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले आइतबार समूहको सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै खाद्यान्न, यातायात, स्वास्थ्य र शिक्षा क्षेत्रमा अचानक बढेको महँगी र कृत्रिम अभावका कारण नागरिकको दैनिक जीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको समूहको बैठकले देशको समसामयिक अवस्था, बढ्दो महँगी र प्राकृतिक विपद्का सन्दर्भमा सरकारको गम्भीर ध्यानाकर्षण गराएको विश्वकर्माले पत्रकार सम्मेलनमा बताए ।
विश्वकर्माले वर्षायाममा सुकुमबासीहरूलाई उचित व्यवस्थापन विना अस्थायी वासस्थानबाट हटाउने सरकारी कार्यको निन्दा गरे । साथै, सुकुमबासीहरूलाई राखिएका होल्डिङ सेन्टरमा अनुगमनमा पुगेका स्वयंसेवक र मानवअधिकारकर्मीमाथि विनाकारण गरिएको धरपकड तथा कुटपिट अमानवीय र निन्दनीय भएको विश्वकर्माको भनाइ थियो ।
भारी वर्षाका कारण मुलुकभर बाढी, पहिरो र डुबानको जोखिम बढेको अवस्थामा विपद्मा परेका नागरिकको तत्काल उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसँग माग उनले माग गरे ।
पार्टीले विपद्को यो घडीमा आवश्यक सावधानी अपनाउन सम्पूर्ण आम नागरिकमा अपिल समेत उनले गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप जितेपछि टोरेसले भावुक हुँदै भने–‘अहिलेसम्म पनि विश्वास गर्न सकेको छैन’
-
फाइनलपछि अर्जेन्टिनी खेलाडीको आक्रोश, स्पेनका खेलाडीसँग मैदानमै ‘झडप’
-
पाउ कुबार्सी बने विश्वकपकै उत्कृष्ट युवा खेलाडी
-
मैदानमा स्पेनको जादु, पर्दापछाडि ट्रम्प र इन्फान्टिनोको ‘दोस्ती’
-
विश्वकपका सर्वोत्कृष्ट खेलाडी बने रोड्री, जिते गोल्डेन बल
-
उनाई सिमोनले जिते 'गोल्डेन ग्लोभ'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण