सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

वीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति

आइतबार, ०३ साउन २०८३, १७ : ४२
आइतबार, ०३ साउन २०८३

सारांश

  • नेपाली कांग्रेसको देउवा समूहले साउन ६ गते बीपी स्मृति दिवस मनाउन प्रकाशमान सिंहको संयोजकत्वमा समिति गठन गरेको छ ।
  • समूहले चुनदेवीमा पत्रकार सम्मेलन गरी सो समितिको घोषणा गरेको हो ।
  • बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा प्रज्ञा भवनमा विचार गोष्ठी आयोजना गरिनेछ ।

काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले साउन ६ गते बीपी स्मृति दिवसको कार्यक्रम छुट्टै गर्न नेता प्रकाशमान सिंहको संयोजकत्वमा छुट्टै समिति बनाएको छ । समूहले आइतबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम गर्न सिंहको संयोजकत्वमा समिति बनाइएको जानकारी दिएको हो । 

कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा देउवा समूहले साउन ६ गते काठमाडौँको प्रज्ञा भवनमा विशेष विचार गोष्ठी आयोजना गर्ने निर्णय यसअघि नै गरिसकेको छ । कांग्रेसका पूर्वउपसभापति एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा गठित आयोजक समितिले बीपी स्मृति दिवस भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी सुरु गरिसकेको पत्रकार सम्मेलनमा प्रचार प्रसार समितिका संयोजक मीन विश्वकर्माले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप