पार्किङ गरिएका सवारीबाट पैसा चोर्ने धन्दामा संलग्न एक जना बानेश्वरबाट पक्राउ
आइतबार, ११ साउन २०७७, १० : ४५
काठमाडौं – संसद भवन नयाँबानेश्वर अगाडि पार्किङ गरेर राखेको स्कुटरबाट पैसा चोर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत बानेश्वरको टोलीले ४८ बर्षिय सोभित कार्कीलाई पक्राउ गरेको हो ।
सोभितले केही दिनअघि पूर्व एआईजीका छोरा र एक महिलाको पार्किङमा राखेको स्कुटर खोलेर दुईलाख रुपैयाँ चोरेका थिए ।
चोरीमा संलग्नलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए ।
कार्कीको साथबाट प्रहरीले ४१ वटा स्कुटर र गाडीको साँचो वरामद गरेको छ ।
उनी केही समयदेखि बानेश्वर एरियामा पार्किङ गरिएका सवारीबाट पैसा चोर्ने धन्दामा सक्रिय रहेको प्रहरीको प्ररम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण