नेतान्याहुको मुद्दाको अर्को सुनुवाई डिसेम्बर ६ मा हुने
एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुकोे सम्लग्नता रहेको भनिएको एउटा ठूलो भ्रष्टाचारसम्बन्धी मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ६ मा हुनेगरी तोकिएको इजरायली प्रतिरक्षा सेनाको रेडियो गलेइ जाहलले आइतबार जनाएको छ ।
नेतान्याहुको भ्रष्ट्राचार मुद्दाको दोस्रो सुनुवाइपछि महामारीको कारण देखाउँदै नेतन्याहुका वकीलले अर्को सुनुवाई सन् २०२१ को सुरूतिर तोक्न आग्रह गरेका थिए । तर नेतन्याहुका वकीलहरूले हप्तामा तीनवटासम्म वयान लिनेगरी अहिलेका सुनुवाईहरूलाई पछि सार्न गरिएको आग्रहपछि इजरायली अदालतले सुनुवाईलाई डिसेम्बरमा सारेको हो ।
सरकार प्रमुखसमेत रहेका नेतन्याहुले अदालतमा हाजिर भई वयान दिनु पर्ने भएकाले महामारीका समयमा हुने सुनुवाईलाई केही ढिलाई गरिएको कानूनी अधिकारीहरूलाई उद्धृत गर्दै गलेइ जाहल रेडियोले जनाएको छ ।
तेस्रो चरणमा नेतान्याहूका वकीलहरूले उनकाविरुद्धमा अभियोग फिर्ता लिन जेरूसेलम जिल्ला अदालतलाई अनुरोध गर्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री नेतन्याहुलाई घूस, धोखाधडी र विश्वासघात गरेको आरोप लगाइएको छ । नेतान्याहूलाई भ्रष्टाचार र घूसखोरीका केही मामलाहरुमा केहि वर्षदेखि अनुसन्धान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण