सुदूरपश्चिम प्रदेशमा निको हुने संक्रमितको संख्या २ हजार ८१९ पुग्यो
कैलाली । सुदूरपश्चिम प्रदेशमा निको हुने कोरोनासंक्रमितको संख्या २ हजार ८१९ पुगेको छ । सोमबार कैलालीबाट २८ र कञ्चनपुरबाट ३४ जना कोरोना संक्रमित निको भएर घर गइसकेपछि निको हुनेको संख्या २ हजार ८१९ पुगेको हो ।
प्रदेशमा ८ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । सोमबार नै सेती प्रादेशिक अस्पताल धनगढीबाट गरिएको परीक्षणमा थप १७ र डडेल्धुरा अस्पतालबाट ४ जनामा कोरोना पुस्टी भएको छ । यसमध्ये बैतडी ३ पुरुष र १ महिला, अछाम १३ पुरुष र ३ महिला, दार्चुलामा १ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमित संख्या १ हजार २७६ पुगेकोे सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रदेशमा हालसम्म ३१ हजार ८१४ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २७ हजार ७११ मा नेगेटिभ आएको उनले बताए । ३ हजार २८७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २३ हजार ८७० जनामा परिक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ६६७, बैतडीका ३०७, बझाङ्गका १७१ ,बाजुरा ४४९, डडेल्धुराका २९५, दार्चुलाका २१, डोटीका ६०५, कैलालीका १०७५ र कञ्चनपुरका ५१३ गरी ४ हजार १०३ रहेका छन । जसमा महिला ९६४, पुरुष ३ हजार १३९ रहेका छन् । क्वारेन्टिाईनमा २ हजार ९२१ पुरुष र १ हजार २३ महिला रहेका छन् । प्रदेशका विभिन्न आइसोलेसनमा शंकास्पद १४ र संक्रमित ५३ गरी ६७ जनाको उपचार भइरहेको छ । ७८३ जना भने सामान्य उपचार पछि घर गइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण