नेकपा बैठकमा बामदेव गौतमको प्रश्न–कसको कारणले पार्टी गम्भीर मोडमा पुग्यो ?
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले कसको कारणले पार्टी गम्भीरमा मोडमा पुग्यो भन्दै प्रश्न गरेका छन् । उनले अध्यक्षद्वयको पदको लडाइँमा पर्न नचाहेको भन्दै आफू वैचारिक रुपमा सुदृढ नेकपाको पक्षमा रहेको बताए ।
अध्यक्ष केपी शर्मा ओली र उनीनिकट बिनाको स्थायी समिति बैठकमा गौतमले भने, ‘पार्टी गम्भीर मोडमा कसको कारणले गयो ? यसको दोषी को हो ? अध्यक्षद्वयको पदको लडाइमा पर्न चाहन्नँ तर म पार्टी वैचारिक रुपमा सुदृढ हुनुपर्ने पक्षमा छु ।’
महाधिवेशन गरेर पार्टीलाई संगठित रुपमा अगाडि बढाउन आफूले शुरुदेखि नै भन्दै आएको स्मरण गराए । यस्तै उनले पार्टीमा एक अध्यक्षले सरकार चलाउने र अर्को अध्यक्षले पार्टी चलाउने निर्णय भएको र सोहीअनुसार पार्टी अघि बढ्नुपर्नेमा पनि जोड दिए ।
गत मंसिर ४ मा भएको दुई अध्यक्षको कार्यविभाजनबारेको सहमति जुटाउन आफ्नो भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै उनले अहिले पनि आफू त्यसमै अडिग रहेको बताए ।
‘मंसिर ४ गते जे निर्णय भएको छ, त्यसलाई कार्यान्वयन गरेर अगाडि बढौँ । महाधिवेशनको तयारीमा जुटौँ’, गौतमले भने ।
यस्तै पार्टीभित्रको विवाद समाधानका लागि दुई अध्यक्षसामु राखेको ६ बुँदे प्रस्तावका विषयमा पनि गौतमले प्रष्ट पार्ने काम गरेको एक नेताले बताए । आफ्नो धारणा राखेर गौतम बैठकबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नुवाकोटको पहिरो प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि पहल
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण