रिया चक्रवर्ती पक्राउ पर्ने सम्भावना, सञ्जय दत्तको मुद्दा लडिसकेका वकिलसँग कानूनी मद्दत लिँदै

सुशान्त सिंह राजपूतकी कथित प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्तीमाथि धोका दिएको र आत्महत्या दुरुत्साहनका लागि एफआइआर दर्ता भएपछि उनी पक्राउ पर्ने सम्भावना बढेको छ । बिहार प्रहरी बुधबारदेखि मुम्बईमा डटिरहेको छ । यो मामिलामा रियासमेत ६ व्यक्तिविरुद्ध एफआइआर दर्ता गरिएको छ । तीमध्ये उनका पिता इन्द्रजीत चक्रवर्ती, आमा सन्ध्या चक्रवर्ती, भाइ शोविक चक्रवर्ती र दुई म्यानेजर स्यामयिल मिरान्डा र श्रुती मोदी समावेश छन् ।
रियाले अग्रिम जमानतका लागि निवदेन दिन सक्छिन्ः
रियाले बुधबार आफ्नो अग्रिम जमानतका लागि अर्जी लगाउन सक्छिन् । मंगलबार राती चर्चित वकिल सतिश माने शिन्देकी जुनियर वकिल आनन्दिनी फर्नान्डिस रियाको घरमा गएकी थिइन् । सतिश माने शिन्दे त्यहि वकिल हुन् जसले सन् १९९३ मा मुम्बई ब्लास्ट केसमा अभिनेता सञ्जय दत्तको मुद्दा लडेका थिए । उनले सलमानका केही केस पनि हेरेका थिए । जानकारीका अनुसार रियाले वकिललाई आफ्नो कन्सेन्ट साइन गरेर दिएकी छिन् । यसपछि अब उनी यो विषयमा कानूनी मद्दत लिन सक्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते