रिया चक्रवर्ती पक्राउ पर्ने सम्भावना, सञ्जय दत्तको मुद्दा लडिसकेका वकिलसँग कानूनी मद्दत लिँदै
सुशान्त सिंह राजपूतकी कथित प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्तीमाथि धोका दिएको र आत्महत्या दुरुत्साहनका लागि एफआइआर दर्ता भएपछि उनी पक्राउ पर्ने सम्भावना बढेको छ । बिहार प्रहरी बुधबारदेखि मुम्बईमा डटिरहेको छ । यो मामिलामा रियासमेत ६ व्यक्तिविरुद्ध एफआइआर दर्ता गरिएको छ । तीमध्ये उनका पिता इन्द्रजीत चक्रवर्ती, आमा सन्ध्या चक्रवर्ती, भाइ शोविक चक्रवर्ती र दुई म्यानेजर स्यामयिल मिरान्डा र श्रुती मोदी समावेश छन् ।
रियाले अग्रिम जमानतका लागि निवदेन दिन सक्छिन्ः
रियाले बुधबार आफ्नो अग्रिम जमानतका लागि अर्जी लगाउन सक्छिन् । मंगलबार राती चर्चित वकिल सतिश माने शिन्देकी जुनियर वकिल आनन्दिनी फर्नान्डिस रियाको घरमा गएकी थिइन् । सतिश माने शिन्दे त्यहि वकिल हुन् जसले सन् १९९३ मा मुम्बई ब्लास्ट केसमा अभिनेता सञ्जय दत्तको मुद्दा लडेका थिए । उनले सलमानका केही केस पनि हेरेका थिए । जानकारीका अनुसार रियाले वकिललाई आफ्नो कन्सेन्ट साइन गरेर दिएकी छिन् । यसपछि अब उनी यो विषयमा कानूनी मद्दत लिन सक्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण