करिब ४ प्रतिशत मात्र रोपाइँ बाँकी, धान उत्पादनमा बृद्धि हुने प्रक्षेपण
काठमाडौँ । धान रोपाइँ ९५.६० प्रतिशत सम्पन्न भइसकेको छ । योसँगै देशमा धान रोपाइँ लगभग सकिएको छ । उच्च पहाडी तथा मध्य पहाडी जिल्लामा केही रोपाइँ बाँकी रहेका छन् भने अन्यत्र लगभग रोपाइँ सम्पन्न भइसकेको मन्त्रालयका प्रवक्ता डा.हरिबहादुर केसीले बताए ।
१३ लाख ७१ हजार ७०६ हेक्टरमध्ये रोपाइँ गर्न ६० हजार ४०७ हेक्टर जमिनमा रोपाइँ गर्न मात्र बाँकी छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दिएको जानकारी अनुसार साउन १२ गतेसम्म ९५.६० प्रतिशत रोपाइँ भएको छ भने गतवर्ष यतिबेला ८० प्रतिशत रोपाइँ मात्र भएको थियो ।
धान खेतीका लागि परिचित तराई क्षेत्रमा ९७ प्रतिशत भन्दा बढी रोपाइँ भइसकेको छ भने उच्च पहाडमा ९३.१७ प्रतिशत र पहाड ९१.७२ प्रतिशत रोपाइँ भएको छ । प्रदेश २ मा ९९.०२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ जब कि गतवर्ष यसबेलासम्म ७४ प्रतिशत रोपाइँ मात्र भएको थियो । प्रदेश ५ मा ९७.८३ प्रतिशत रोपाइँ भएको छ भने गत वर्ष यतिबेला ८४.६० प्रतिशत रोपाइँ मात्र भएको थियो ।
कर्णाली प्रदेशमा ९८.५३ प्रतिशत रोपाइँ भएको छ भने गतवर्ष यतिबेला ९२.४० प्रतिशत रोपाइ भएको थियो । सुरदुरपश्चिम प्रदेशमा ९८.१ प्रतिशत रोपाइँ भइसकेको छ भने गण्डकीमा ९६.७७, वागमतीमा ८९.२४ र प्रदेश १ मा ८८.९४ प्रतिशत धान रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।
समयमा रोपाइँ सम्पन्न भएको हुनाले यसपटक धान उत्पादनमा बृद्धि हुने मन्त्रालयको दावी छ । यसपटक ६० लाख मेट्रिक टन धान उत्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ । ६० लाख मेट्रिकटन धान उत्पादन भयो चामलमा देश आत्मनिर्भर हुने मन्त्रालयको दावी रहेको छ । गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण