विगत २४ घण्टामा विपद्का विभिन्न घटनामा ११ जनाको मृत्यु
काठमाडौं । विगत २४ घण्टामा विपद्का विभिन्न घटनामा ११ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान १० बजेदेखि बिहीबार बिहान १० बजेसम्म देशभर भएका विपद्का घटनाको तथ्यांक सार्वजनिक गर्दै ती घटनामा ११ जनाको मृत्यु, १२ जना घाइते, एक जना बेपत्ता र २२ चौपाया क्षति भएको जनाएको हो ।
प्राधिकरणका अनुसार उक्त अवधिमा मुलुकभर विपद्का ३० वटा घटना भएका छन् । प्राधिकरणले दिएको जानकारीअनुसार कालिकोटको नरहरीनाथ गाउँपालिका–४ माझगोठीस्थित एउटा घर पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको छ । यस्तै, नरहरीनाथ गाउँपालिका–७, बाघामा पनि पहिरोले एउटा घर पुरेको छ । उक्त घटनामा ७ जनाको मृत्यु भएको जनाइएको छ ।
यस्तै, पहिरोले नरहरीनाथ गाउँपालिका–४ रिङ्गेपानीस्थित एउटा गोठ भत्किँदा ३ जना घाईते भएका छन् । कालिकोटकै माहाबै गाउँपालिका–७ कोडवाडास्थित एक घरमा माथिबाट ढुङ्गा खस्दा उक्त घर पुर्ण रुपमा क्षति भई घर नजिकै खेलिरहेका दुई बालबालिकाको मृत्यु र ४ बालबालिका घाईते भएको जनाइएको छ ।
बाजुराको बुढीगँगा नगरपालिका–१, अमकोटमा गाईगोरु चराउन जंगलमा गएको अवस्थामा माथिबाट पहिरो खस्दा एकजना बेपत्ता र २ जना घाईते भएको प्राधिकरणले जनाएको छ । कैलालीको कैलारी गाउँपालिका वडा नं ७ बसन्तास्थित एक घर नजिक रहेको सालको रुख अविरल वर्षाको कारण ढल्दा उक्त घर पूर्णरुपमा क्षति हुनका साथै घरमा रहेका ३ जना घाईते भएका छन् ।
बर्दियाको गेरुवा गाउँपालिका वडा नं ३ शान्ति बजारस्थित एक कुखुरा फर्ममा बुढी कुलोको बाढी पसी अन्दाजी २००० वटा कुखुराको मृत्यु भई १५ लाख रुपैंया बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । गत वैशाखदेखि साउन १४ गतेसम्म बाढी, पहिरो र चट्याङमा परेर देशभर २०५ जनाको मृत्यु, २९३ जना घाइते र ५७ जना बेपत्ता भएको प्राधिकरणले जनाएको छ ।
सो अवधिमा पहिरोका कारण १५२ जनाको मृत्यु, ४४ जना बेपत्ता र १२९ जना घाइते भएका छन् । यसैगरी बाढीका कारण ६ जनाको मृत्यु, १३ जना बेपत्ता र ३ जना घाइते, चट्याङका कारण ४७ जनाको मृत्यु र १६१ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण