सनराइज बैंक र हङ्गकङ्ग स्थित एटी सर्भिस बीच रेमिट्यान्स सम्झौता
काठमाडौं । सनराइज बैंकले हङ्गकङ्ग स्थित एटी सर्भिससँग अनलाइन माध्यमबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
उक्त सम्झौताअनुसार हङ्गकङ्गमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्त तथा इष्टमित्रहरुलाई पैसा पठाउन अझ सरल र सुलभ हुने आशा गरिएको छ । यसरी एटी सर्भिसमार्फत पैसा पठाउँदा तुलनात्मक अधिक्तम उच्च विनिमय दरमा रकम पठाउन सकिने व्यवस्था समेत गरेको छ ।
एटी सर्भिसमार्फत हङ्गकङ्गबाट नेपालमा पठाएको पैसा केही मिनेटमै सनराइज बैंकका देशभर रहेका १३४ शाखाहरु र १० वटा विस्तारित काउन्टर तथा बैंकका देशभरी छरिएका १०,००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत सजिलै नगद भक्तानी लिन सकिनेछ ।
साथै बैंक खातावालाको हकमा भने, यो सेवा सनराइज बैंकको खातामा मात्र सिमित नभई देशका अरु विभिन्न वाणिज्य र विकास बैंकहरुको खाताहरुमा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण