सरकारले सत्याग्रहीहरुसँग भएको सहमति तत्काल कार्यान्वयन गर्नुपर्छ: कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्याग्रहीहरुसँग भएको सहमतिप्रति सरकार इमान्दार हुँदै तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार विभिन्न माग राखी लामो समयदेखि सत्याग्रहमा रहेका “इनफ इज इनफ” अभियानका अभियान्ता ईः को स्वास्थ अवस्थाबारे जानकारी लिने क्रममा उनले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले काठमाडौंको वसन्तपुर पुगी “इनफ इज इनफ” अभियानमा पार्टीको तर्फबाट ऐक्यवद्धता समेत प्रकट गरेका छन् ।
“इनफ इज इनफ” अभियानले आज बालुवाटार क्षेत्रमा गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको थापाले निन्दा समेत गरे । उनले काठमाडौं उपत्यकासँगै मुलुकका ठुला शहरहरुमा कोरोना संक्रमण डरलाग्दो रुपमा देखिन थालेकोमा चिन्ता गर्दै महामारी नियन्त्रणमा निष्प्रभावी भएको भन्दै सरकारको आलोचना गरे । थापासँग पार्टीका नेताहरु पूर्वमन्त्री विक्रम बहादुर थापा, चन्द्रबहादुर गुरुङ्ग, राजाराम बर्तौला लगायत सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण