अमेरिकाको चीनविरुद्ध फेरि अर्को कदमः चिनियाँ कम्पनीमाथि लगायो प्रतिबन्ध
एजेन्सी । अमेरिकाले चिनियाँ कम्पनी सिन्जियाङ प्रोडक्सन एण्ड कन्स्ट्रक्सनका उत्पादन र त्यहाँ कार्यरत अधिकारीलाई प्रतिबन्ध लगाएको छ । अमेरिकाले उक्त कम्पनीका अधिकारी सुन जिनलोङ र पेङ जियारुईमाथि पनि प्रतिबन्ध लगाएको छ ।
अमेरिकी वित्त मन्त्रालयले उक्त कम्पनी र यसका कार्यकारीहरुमाथि प्रतिबन्ध लगाइएको जानकारी दिएको छ ।
उनीहरुमाथि अमेरिकाले चीनको शिन्जियाङ प्रान्तमा रहेका उइगुर मुसलमान समुदायमाथि उत्पीडन गरेको र मानवअधिकार उल्लंघनका घटनामा सहभागी भएको आरोप लगाएको छ ।
यो प्रतिबन्धपछि उक्त कम्पनी र त्यसका २ अधिकारीले अब अमेरिकी अर्थव्यवस्थाभित्र आर्थिक कारोबार गर्न पाउने छैनन् । योसँगै अब उनीहरुलाई अमेरिका प्रवेशमा समेत प्रतिबन्ध लाग्नेछ र प्रतिबन्धित कम्पनीको सम्पत्ति जफत हुनेछ ।
अमेरिकाको यो पछिल्लो कदमले चीनसँगको सम्बन्धमा थप संकट आउने अनुमान गरिएको छ । एक हप्ताअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्युस्टनमा रहेको चीनको वाणिज्य दूतावास बन्द गर्ने आदेश दिएका थिए । त्यसलगत्तै चीनले पनि चेंगदुस्थित अमेरिकी दूतावास बन्द गरेको थियो । जुलाईमा नै अमेरिकाले शिनजियाङको कम्युनिष्ट पार्टीका सचिवसहित ३ नेतामाथि प्रतिबन्ध लगाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण