पश्चिम दाङमा अज्ञात समूहको कुटपिटबाट एक महिला गम्भीर घाइते
शनिबार, १७ साउन २०७७, ०९ : ३३
तुलसीपुर – पश्चिम दाङमा अज्ञात समूहको कुटपिटबाट एक महिला गम्भीर घाइते भएकी छिन् । घाइते हुनेमा शान्तीनगर गाउँपालिका वडा नम्वर २ अमुवाकोट निवासी ३५ बर्षिया बिमला वली रहेको प्रहरीले बताएको छ ।
घरमा कोही नभएको समयमा शनिवार विहान २ बजेतिर ती महिला माथी कुटपिट भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार उनी घर नजिकैको बारीमा विहान अचेत अवस्थामा फेला परेपछि स्थानियको सहयोगमा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याइएको हो ।
उनलाई थप उपचारका लागी कोहलपुर रिफर गरिएको छ । उनी माथी कसले र किन आक्रमण गरेको हो भन्ने बारे केहि खुलेको छैन ।
उनका श्रीमान् बैदेशिक रोजगारीमा विदेश छन् भने छोरा र छोरी घरमा नभएको मौका छोपी उनी माथी कुटपिट भएको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण