हाइप्रोफाइल ट्वीटर ह्याकः बेलायतका १९ वर्षीय युवकसहित ३ जनामाथि आरोप
बेलायतको दक्षिणी तटीय क्षेत्र बोग्नोर रजिस निवासी एक १९ वर्षीय युवकसहित ३ जनामाथि ट्वीटर ह्याक गरेको आरोप लागेको छ । अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसका अनुसार क्यालिफोर्नियाका अधिकारीहरुले मेसन शेफर्डसहित ओर्लान्डोका एक २२ वर्षीय युवक र टाम्पा निवासी एक १७ वर्षीय किशोर विरुद्ध उजुरी दर्ता गरेका हुन् ।
बेलायतको नेसनल क्राइम एजेन्सी (एनसीए) ले प्रहरीसँग मिलेर बोग्नोर रजिसको एक ठेगानामा खोजतजास गरेको पुष्टि गरेको छ । अमेरिकी अधिवक्ता डेभिड एल एन्डरसनले उनीहरुको पक्राउले ‘रामाइलो या फाइदाका लागि गरिएको ह्याकिङ’ ले सही नतिजा नदिएको बताए ।
गत १५ जुलाईमा बिटक्वइन स्क्यामअन्तरगत अमेरिकाका हाइप्रोफाइल व्यक्तित्वहरुको ट्वीटर एकाउन्ट ह्याक भएको थियो । यसमा पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा, अमेजनका प्रमुख जेफ बेजोस, टेस्लाका संस्थापक एलन मस्क, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, डेमोक्रेटिकका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेन, रियालिटी स्टार किम कार्डासियन आदि रहेका थिए । उनीहरुको एकाउन्ट ह्याक गरी बिटक्वइन डोनेसनका लागि आह्वान गरिएको थियो ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो– नेपालको एक इन्च भूमि र आकाशको रक्षा हाम्रो पहिलो दायित्व हो
-
विश्वप्रकाशको प्रश्न, ‘सरकार आशाको होइन त्रासको प्रतीक किन बन्दैछ?’
-
गणेश नेपालीको आत्मदाहले राज्यलाई गिज्याइरहेको छ : कांग्रेस
-
माइतीघरमा प्रदर्शनपछि वीर अस्पतालतर्फ लागे प्रदर्शनकारी (तस्बिरहरू)
-
गणेश नेपालीको आत्मदाह प्रकरण : ३ जना महानगर प्रहरीसँग सोधपुछ
-
सदनमा उठ्यो गणेश नेपालीको आत्मदाहको विषय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण