म्याग्दीबाट एक महिनामा १० जना फरार अभियुक्त पक्राउ
शनिबार, १७ साउन २०७७, १४ : ३८
काठमाडौं । म्याग्दीबाट पछिल्लो एक महिनाको अवधिमा १० जना फरार अभियुक्तलाई प्रहरीले पक्रेको छ ।
डाँकाचोरी, गाई काट्ने, सवारी ज्यान र बहुबिवाह लगायतका मुद्धामा फरार कसुरदारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी किरणजंग कुँवरले जानकारी दिए ।
पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–५ शिख घर भएका कृष्ण गर्बुजा उर्फ बालकृष्ण र बेनी–६ अर्थुङ्गे घर भएका सम्मर बहादुर दर्जी लगायत छन् ।
बालकृष्णलाई जिल्ला अदालत म्याग्दीले ६ बर्ष कैद र सम्मर बहादुरलाई ३ बर्ष कैद सजाय हुने फैसला गरेको छ ।
पक्राउ गरिएकाहरुलाई जिल्ला अदालत म्याग्दीबाट कसुर पुष्टि भएर अदालते वारेन्ट जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआई प्रेमीमाथि कडाइ गर्दैछ चीन
-
पुनरावेदन दिएमा थुना बाहिरै बसेर मुद्दा लड्न पाउँछन् बालकृष्ण खाण
-
पुँजी बजार सुधारको स्पष्ट खाका खोज्दै सांसदहरू, अर्थ समितिद्वारा १० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
-
राघव जुयालसँग डेटिङको हल्लामा के भन्छिन् शहनाज गिल ?
-
जनकपुरको ऐतिहासिक बाह्रबिघा मैदान डम्पिङ साइटमा परिणत
-
आईपीओको ‘१० कित्ते’ नीति पुनरावलोकन गर्न अर्थ मन्त्रालयको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण