तीन युवकले काटिदिए अपाङ्ग बालकको यौनाङ्ग, स्थिती गम्भीर
भारतको बिहारस्थिती भोजपुर जिल्लामा मानवतालाई लज्जित गर्ने घटना सार्वजनिक भएको छ । यहाँ तीन युवकले ९ वर्षीय अपाङ्गता भएका बालकको यौनाङ्ग काटिदिएका छन् । बालकलाई गम्भीर रुपमा अस्पताल पुर्याइएको छ ।
सुरुमा बालकलाई उपचारका लागि पिएचसी कोइलवर पुर्याएका थिए तर स्थिती गम्भीर भएकोले सदर अस्पताल रिफर गरिएको थियो । बालकको यौनाङ्गमा करिब एक दर्जन बढी टाँका लगाउनुपरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।
बालककी आमाले कोइलवर थानामा तीन व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेकी छिन् । बालकका आमाका अनुसार उनको छोरा बोल्न र सुन्न सक्दैनन् । बालकलाई आरोपीले फकाईफुल्याइ खेतमा लगेको र धारिलो हतियारले यौनाङ्ग काटिदिएको बालककी आमाको आरोप छ ।
ती बालक रुँदै चिच्याउँदै रगत लत्पत्तिको अवस्थामा घर पुगेको र इशारामा आमालाई घटनाबारे पूरा जानकारी दिएको बालककी आमाले स्रोतलाई बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण