कोरोना महामारीको समस्या झेलिरहेको फ्लोरिडामा अर्को विपत्तिको संकेत
मियामी । इसाइस समुद्री आँधी सहितको भिषण वर्षाले बहमासमा बाढी र डुबानको स्थिति सिर्जना भएको छ । अमेरिकी जलवायु विज्ञानका अनुसार यो आँधी कोरोनाभाइरसका कारण समस्या झेलिरहेको फ्लोरिडा नजिक आइपुगेको छ ।
बहमासमा करिब २० सेन्टीमिटर वर्षा हुने अनुमान गरिएको छ । स्थानीय समय अनुसार शनिबार अपराह्न २ बजेसम्म इसाइस आँधीको सर्वाधिक वेग १२० किलोमिटर प्रतिघण्टा रहेको छ । फ्लोरिडाको तटिय क्षेत्रमा आइतबार बिहान आँधी आइपुग्नु अगाबै समुद्री क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले फ्लोरिडामा वर्षा केही कमजोर हुने अनुमान पनि गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समुद्री आँधी आउनुअघि नै फ्लोरिडामा आपतकालीन स्थिति घोषणा गरेका छन् । आपतकाल घोषणाका कारण फ्लोरिडा राज्यले संघीय सरकारबाट तत्काल आर्थिक सहायता प्राप्त गर्न सक्नेछ ।
फ्लोरिडा राज्यका गभर्नर रन डिसान्टीसले इसाइस आँधी तटीय क्षेत्रमा आइसकेकाले आम जनतालाई सचेत रहन आग्रह गरेका छन् । अमेरिकी अन्तरिक्ष केन्द्र (नासा) ले पनि आँधीको सावधानीपूर्वक अध्ययन गरिरहेको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई जना अन्तरिक्ष यात्री मेक्सिको खाडी क्षेत्रमा आइतबार अवतरण गर्ने कार्यक्रम छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण