गण्डकीमा एकैदिन थपिए ३९ जना कोरोना संक्रमित
आइतबार, १८ साउन २०७७, १८ : ३३
पोखरा । गण्डकीमा एकैदिन ३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान १०ः३० बजे र बेलुकी ४ः१५ मा सूचना निकालेर यो जानकारी दिएको छ । पछिल्लो अपडेटअनुसार पोखरामा ४ सहित बागलुङ, नवलपुर, गोरखा र तनहूँमा गरि १९ संक्रमित थपिएका छन् । यो सँगै प्रदेशको कुल संक्रमित संख्या १५ सय २४ पुगेको छ ।
बेलुकी ५ः१५ को प्रेस विज्ञप्तिमा स्वास्थ्य निर्देशनालयले पोखरामा थपिएका संक्रमितमध्ये २ महिला, २ पुरुष यसैगरि, बागलुङमा २, नवलपुरमा ९, गोरखा र तनहूँमा २, २ गरि ४ जना संक्रमित थपिएको जनाएको छ । गण्डकीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १३ सय ४ पुगेको छ । गण्डकीमा एकै दिन ३९ संक्रमित थपिए भने देशभर २४६ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण