भारतमा अटोमेकर बन्यो किया, ११ महिनामै १ लाख एसयूभी बिक्री
काठमाडौं । कियाले भारतमा डेब्यु गरेको ११ महिनाभन्दा थोरै बढी अवधिमा एक लाख भन्दा बढी एसयूभी बिक्री गरेको जनाएको छ । कियाले सन् २०१९ को अगस्टमा आफ्नो पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यसयताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा एक लाख थान एसयूभी बिक्री गर्ने अटोमेकर बन्न सफल भएको छ ।
कोरियाली अटो निर्माता कियाले आफ्ना जम्मा दुईवटा मोडल कार्निभल प्रिमियम एमपिभी र सेल्टोस एसयुभीबाट यो उपलब्धि हासिल गरेको हो । मोडलगत प्रगति हेर्दा यसै वर्षको सुरुतिरको अटो सोमा भारत प्रवेश गरेको कार्निभल तीन हजार ६१४ युनिट बिक्री भएको छ ।
सेल्टोस ९७ हजार ७४५ थान बिक्री भएर छोटो अवधिमै भारतमा सबैभन्दा बढी बिक्री हुने युटिलिटी भेइकल बन्न सफल भएको छ । सेल्टोस बजारमा आएदेखि नै लोकप्रिय रहेको र त्यसयता पनि लोकप्रियता कायम गर्न सक्दा यसले लोकप्रिय एयसूभीको उपाधि हात पारेको हो ।
कियाले भारतीय बजारमा आफ्नो तेस्रो मोडेल अल न्यू सोनेट कम्प्याक्ट एययूभी सार्वजनिक गर्ने तयारी गरेको छ । अगस्ट ७ मा ग्लोबल लन्चको तयारी रहेको कियाको नयाँ मोडल सोनेट भारतीय बजारमा आगामी सेप्टेम्बरमा आउने अपेक्षा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण