भूमि आयोगलाई काम अघि बढाउन मन्त्री अर्यालको निर्देशन
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीसँग छलफल गरेकी छिन् । आयोग पदाधिकारी तथा केही सांसदसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगको कामको प्रगतिबारे जानकारी लिएपछि आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिएकी छिन् ।
“जुन उद्देश्यका साथ आयोग गठन भएको हो, त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडि बढाउनुस्”, मन्त्री अर्यालले भनिन्, “यो काम छिटो अगाडि बढाउनुपर्छ, तपाईंहरु त्यसमा लाग्नुस् ।” देशभरका भूमिहीन तथा सुकुम्वासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उनले महत्वपूर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्नेमा जोड दिइन् । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले भूमिहीन, सुकुम्वासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडि बढ्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण