अभिनेत्री अनु अब गायिका
काठमाडौं । अभिनेत्री अनु शाह अव गायिकाको रुपमा पनि अगाडि आउने भएकी छन् । उनले बुधबार नक्साल स्थित अकेस्टिक स्टुडियोमा ‘मेरो सम्झनामा तिमी हुनु.. ’बोलको एक गीत आफ्नो स्वरमा रेकर्ड गराएकी हुन् ।
शान्ति प्रियको शब्द तथा सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा माया प्रेमको शब्दहरु समेटिएका छन् । गीतको एरेन्जर मनोज चौलागाई हुन् ।
गीत गाउने रहर पहिले देखिनै भएपनि आज बल्ल संयोग जुरेको अभिनेत्री अनुले बताइन् ।
‘म प्राय गीत गनुगनुनाउने गर्दछु । यो क्रममा घरबाटमात्र होइन । धेरै जनाले स्वर राम्रो छ । गीत गाए हुन्छ भन्ने गर्नुहुन्थ्यो’ अनुले भनिन् ‘आज शान्ति दाईले अफर दिनुभयो मैले हुन्छ भने ।’ आगामी दिनमा पनि गायनलाई निरन्तरता उनले सुनाइन् ।
‘गाउन सक्दिनकी, स्वर राम्रो छैनकी भन्ने थियो’ उनले थपिन् ‘आज सबैले स्वर तथा गायन शैलीको तारिफ गरे । अव बाहिरको गीत भएन भनेपनि कभर भर्सनर बर्षका एक दुईवटा आफ्नै भएपनि गीत गाउछु ।
अनु फिल्म तथा म्युजिक भिडियो दुबैमा ब्यस्त कलाकार हुन् । फिल्म भन्दा पनि म्युजिक भिडियोमा भने उनलाई भ्याइनभ्याइ रहने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाको असर मौरीपालनमा : रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
घरपझोङ चक्रपथ जोड्ने ठिनी खोलामा पक्की पुल निर्माण
-
अलैँचीले फेरिँदै लमजुङका किसानको दैनिकी
-
पातेटाकुरा खोलाको पुल निर्माण सम्पन्न
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण