डुङ्गा डुब्दा बङ्लादेशमा कम्तीमा १७ जनाको मृत्यु
बुधबार, २१ साउन २०७७, २२ : ५५
एजेन्सी । बङ्लादेशमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १७ यात्रुको मृत्यु भएको छ । देशको राजधानी ढाकादेखि १५८ किलोमिटर टाढा पर्ने नेट्रोकोना जिल्लामा भएको दुर्घटनामा परी एक जना अझै बेपत्ता रहेका छन् ।
“दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव हामीले ल्याएका छौँ, अर्का एक जनाको खोजी भइरहेको छ” जिल्लाका एक जना प्रहरी प्रमुख एकेएम मोनिरुल इस्लामले भने ।
उनले खराब मौसमका कारण बुधबार मध्याह्नको समयमा डुङ्गा दुर्घटना भएको पनि सञ्चारकर्मीलाई जानकारी दिए । दुर्घटनामा परेको डुङ्गामा ४८ जना यात्रु रहेका थिए । तीमध्ये ३० जना यात्रु पौडिएर बाँच्न सफल भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र पत्रकारलाई सम्मान तथा पुरस्कार घोषणा
-
प्रधानमन्त्री र सभामुखबिच भेटवार्ता, के भयो कुराकानी ?
-
‘निःशुल्क सिपमूलक तालिमका लागि’ ६८ हजार ८६६ को आवेदन
-
संसद् खुलाउने विषयमा प्रधानमन्त्रीसँग सभामुखको छलफल
-
‘फर्की फर्की’ युवापुस्ताको माया र आकर्षणको कथा हो – अनमोल
-
प्रचण्ड र उपेन्द्रबिचको लामो सम्बन्ध यसरी भयो घृणामा परिणत