बिस्फोटपछि लेबनानमा ह्वात्तै बढ्न सक्छन् कोरोनाभाइरसका संक्रमितः स्वास्थ्यमन्त्री
शुक्रबार, २३ साउन २०७७, ०६ : ०८
लेबनानमा कोरोना संक्रमितको संख्यामा ह्वात्तै वृद्धि हुनसक्ने प्रक्षेपण गरिएको छ । बेरुतमा भएको बिस्फोटपछि स्वास्थ्य सुविधामा निश्चित रुपमा दबाब बढेको छ र यस्तोमा कोरोना संक्रमितको संख्या बढ्न सक्ने देशका स्वास्थ्यमन्त्रीले आशंका गरेका छन् ।
लेबनानको राजधानी बेरुतमा मंगलबार भएको बिस्फोटमा हालसम्म कम्तीमा १ सय ३७ जना मारिएको पुष्टि भइसकेको छ । हालको समयमा कोरोना संक्रमितको संख्या बढ्ने आशंकाले चिन्ता बढाएको छ ।
लेबनानका स्वास्थ्यमन्त्री हमद हसनले स्थानीय मिडियासँग भने, ‘घाइतेको सहायत र सुरक्षात्मक आपूर्तीको कमीका कारण कोरोनाभाइरस संक्रमितको संख्यामा असर पर्न सक्छ ।’
उनले केही दिनभित्र कोरोना संक्रमितका लागि फिल्ड अस्पतालको प्रबन्ध मिलाइने आश्वासन दिएका छन् ।
स्रोतः बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण