‘भिलेन’को भूमिकामा समेत लोकप्रिय भएका बलिउडका ५ अभिनेत्री
एजेन्सी – बलिउडका थुप्रै अभिनेत्रीहरुले आफ्नो सुन्दरता र प्रखर अभिनयका कारण लोकप्रियता कमाइरहेका छन् । तर, केही यस्ता चर्चित अभिनेत्रीहरु छन् जसले नकारात्म भूमिका निभाएर पनि धेरैको मन जित्न सफल भएका छन् । फिल्ममा सकारात्मक भूमिकाका सँगसँगै चर्चा पनि उत्तिकै बटुलेका केही अभिनेत्री छन् जसले नकारान्मक भूमिकामा समेत लोकप्रियता कमाए ।
१. काजोल
काजोलले फिल्म ‘गुप्त’ मा नकारात्मक भूमिका निभाएकी छिन् । उनले उक्त फिल्ममा निभाएको नकारात्मक भूमिकाले धेरैलाई हैरान बनायो । प्रशंसकले उनको उक्त नकारात्मक भूमिकालाई समेत निकै रुचाए । फिल्ममा काजलसँगसँगै बबी देओल र मनिषा कोइरालाले समेत मुख्य भूमिका निभाएका थिए ।
२. उर्मिला मातोन्डकर
निर्देशक रजत मुखर्जीको फिल्म ‘प्यार तूने क्या किया’ मा अभिनेत्री उर्मिला मातोन्डकरले ‘रिया’ नामकी युवतीको भूमिका निभाएका थिए । उक्त फिल्मका पात्रहरुको निकै प्रशंसा भएको थियो । साथै, फिल्म समिक्षकहरुले पनि उनको भूमिकालाई निकै प्रशंसा गरेका थिए ।
३. रेखा
बलिउडकी सदाबहार अभिनेत्री रेखाले नकारात्मक भूमिका निभाएर पनि करोडौं दर्शकलाई लोभ्याउन सफल भइन् । अक्षय कुमार र रवीना टन्डनसँग फिल्म ‘खिलाडियोका खिलाडी’ मा रेखाले ‘म्याडम माया’ को नकारात्मक भूमिका निभाएकी थिइन् । उक्त भूमिकाका लागि रेखालाई ‘बेस्ट भिलेन’को अवार्ड मिलेको थियो ।
४. अरुणा ईरानी
अभिनेत्री अरुणा ईरानीले अनिल कपूर र माधुरी दिक्षितले फिल्म ‘बेटा’ मा नकारात्मक भूमिका निभाएकी थिइन् । उनले उक्त फिल्ममा यस्तो भूमिका निभाइन् कि मानिसहरु उनलाई घृणा नै गर्न सुरु गरे । उनको सौतेनी आमाको भूमिका निकै लोकप्रिय भयो ।
५. प्रियंका चोपडा
अक्षय कुमार, प्रियंका चोपडा र करीना कपूरको फिल्म ‘ऐतराज’ लाई दर्शकले निकै रुचाए । फिल्ममा उनले ‘सोनिया’ को भूमिका निभाएकी थिइन् । उनको नकारात्मक भूमिकालाई दर्शकले यति मन पराए कि उनलाई सन् २००४ को ‘बेस्ट भिलेन’ को अवार्ड मिलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
-
दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना
-
डोरीबिनै बन्जी जम्प, २१ वर्षीया युवतीको मृत्यु
-
निम अवार्ड : गायिका देविकालाई ‘रजत साधना सम्मान’, संगीतकार बजागाईंलाई सर्वाेत्कृष्ट पपुलर अवार्ड
-
टेम्पाे पल्टाएकाे घटना : वनका १० कर्मचारीमाथि साेधपुछ
-
जडीबुटी भेलापछि विष्णु र शङ्कर उत्साहित, ओली बने आक्रोशित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण