वीर अस्पतालमा कार्यरत थप १ चिकित्सकमा कोरोना संक्रमण
शुक्रबार, २३ साउन २०७७, १५ : ०५
काठमाडौं । वीर अस्पतालमा कार्यरत थप १ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीले जानकारी दिए । वीर अस्पतालमा बिहीबार पनि इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सलाई कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमित दुवै जना चिकित्सकलाई लक्षण देखिएको छ । अस्पतालका २ चिकित्सकमा कोरोना संक्रमण भएको पुष्टि भएपछि ३५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको निर्देशक डाक्टर सेञ्चुरीले बताए । यस्तै मंगलबार र बुधबार अस्पतालमा उपचाररत ३ बिरामीलाई समेत कोरोना पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण