वीर अस्पतालमा कार्यरत थप १ चिकित्सकमा कोरोना संक्रमण
शुक्रबार, २३ साउन २०७७, १५ : ०५
काठमाडौं । वीर अस्पतालमा कार्यरत थप १ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकलाई कोरोना भाइरस संक्रमण देखिएको अस्पतालका निर्देशक डाक्टर केदार सेञ्चुरीले जानकारी दिए । वीर अस्पतालमा बिहीबार पनि इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सलाई कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमित दुवै जना चिकित्सकलाई लक्षण देखिएको छ । अस्पतालका २ चिकित्सकमा कोरोना संक्रमण भएको पुष्टि भएपछि ३५ जना कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको निर्देशक डाक्टर सेञ्चुरीले बताए । यस्तै मंगलबार र बुधबार अस्पतालमा उपचाररत ३ बिरामीलाई समेत कोरोना पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समपूरक र विशेष अनुदानका लागि मधेस प्रदेशबाट प्रस्ताव परेन, क्रमागत आयोजनाले बजेट नपाउने
-
मुख्यमन्त्री कार्की लागे काठमाडौँ, सर्वोच्चमा मुद्दा दर्ता गराउने
-
उपल्लो दरवाङको सडक अठार वर्षपछि कालोपत्र
-
केयूको आयोजनामा साधारणीकरण सञ्चार–ढाँचाको दुई दशक विषयक अन्तर्राष्ट्रिय सङ्गोष्ठी हुँदै
-
बागमती प्रदेशको बजेट आकार घट्ने
-
बागमती प्रदेशसभा २ समितिको बैठक बस्दै