बेलायतको जेलमा ११ नेपाली, हत्यारादेखि तस्करीसम्म
लन्डन । बेलायतको जेलमा ११ जना नेपाली रहेको पाइएको छ । हत्याको आरोपदेखि तस्करी लगायतका विभिन्न अभियोगमा ११ जना नेपालीहरु बेलायतको जेलमा रहेका छन् । तीमध्ये ८ जना नेपालीहरु अध्यागमनसम्बन्धि मुद्दामा जेलमा रहेको नेपाली दूतावास लन्डनले जानकारी दिएको छ ।
अध्यागमनसम्बन्धि कानून विपरित नक्कली बिहे, नक्कली कागजपत्र लगायतका विभिन्न आरोपमा उनीहरुलाई डिटेन्सन सेन्टरमा राखिएको हो । बाँकी ३ जना नेपाली जघन्य अपराधको अभियोगमा जेलमा रहेको पाइएको छ । करिब ४० वर्षीय एक पुरुष हत्याको आरोपमा विगत एक वर्षदेखि जेलमा छन् । अर्का एक पुरुषलाई पनि मानव तस्करीमा संलग्न भएको अभियोगमा जेलमा राखिएको छ ।
यसघि जेलमा २१ नेपालीहरु रहेकोमा अहिले घटेर ११ पुगेको नेपाली दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी बताए । अध्यागमन कानून उलंघन गर्ने धेरैलाई इमिग्रेशन डिटेन्सन सेन्टरमा राखिएको र केहीलाई नेपाल फिर्ता गरिएका कारण यो संख्या घटेको हो ।
बेलायतमा नेपालीहरु अध्यागमनबाहेक हत्या, बलात्कार, चोरी, लागू औषध कारोबार, गैर कानुनी काम र बसाइ (ओभर स्टे) मानव बेचबिखन, ठगीलगायतका गम्भीर अपराधमा सामेल हुने गरेका छन् । जेलमा रहेकालाई दूतावासले आवश्यक सहयोग गर्दै आएपनि धेरैजसो सम्पर्कमा रहन नचाहने दूतावासको अनुभव छ । इमिग्रेशनसम्बन्धि सामान्य केसमा होम अफिसमा सम्पर्क गरी छिटो मुद्दा टुंगो लगाइदिन वा नेपाल फर्किने वातावरण बनाइदिन दूतावासले पहल गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण