बेलायतको जेलमा ११ नेपाली, हत्यारादेखि तस्करीसम्म

लन्डन । बेलायतको जेलमा ११ जना नेपाली रहेको पाइएको छ । हत्याको आरोपदेखि तस्करी लगायतका विभिन्न अभियोगमा ११ जना नेपालीहरु बेलायतको जेलमा रहेका छन् । तीमध्ये ८ जना नेपालीहरु अध्यागमनसम्बन्धि मुद्दामा जेलमा रहेको नेपाली दूतावास लन्डनले जानकारी दिएको छ ।
अध्यागमनसम्बन्धि कानून विपरित नक्कली बिहे, नक्कली कागजपत्र लगायतका विभिन्न आरोपमा उनीहरुलाई डिटेन्सन सेन्टरमा राखिएको हो । बाँकी ३ जना नेपाली जघन्य अपराधको अभियोगमा जेलमा रहेको पाइएको छ । करिब ४० वर्षीय एक पुरुष हत्याको आरोपमा विगत एक वर्षदेखि जेलमा छन् । अर्का एक पुरुषलाई पनि मानव तस्करीमा संलग्न भएको अभियोगमा जेलमा राखिएको छ ।
यसघि जेलमा २१ नेपालीहरु रहेकोमा अहिले घटेर ११ पुगेको नेपाली दूतावासका प्रवक्ता शरदराज आरनले जानकारी बताए । अध्यागमन कानून उलंघन गर्ने धेरैलाई इमिग्रेशन डिटेन्सन सेन्टरमा राखिएको र केहीलाई नेपाल फिर्ता गरिएका कारण यो संख्या घटेको हो ।
बेलायतमा नेपालीहरु अध्यागमनबाहेक हत्या, बलात्कार, चोरी, लागू औषध कारोबार, गैर कानुनी काम र बसाइ (ओभर स्टे) मानव बेचबिखन, ठगीलगायतका गम्भीर अपराधमा सामेल हुने गरेका छन् । जेलमा रहेकालाई दूतावासले आवश्यक सहयोग गर्दै आएपनि धेरैजसो सम्पर्कमा रहन नचाहने दूतावासको अनुभव छ । इमिग्रेशनसम्बन्धि सामान्य केसमा होम अफिसमा सम्पर्क गरी छिटो मुद्दा टुंगो लगाइदिन वा नेपाल फर्किने वातावरण बनाइदिन दूतावासले पहल गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन, तस्बिरहरू
-
विदेशी कामदार विस्थापित गरेर स्वदेशी कामदारलाई रोजगारी सिर्जना गर्ने यस्तो छ सरकारी रणनीति
-
ग्वार्को चोकमा बनेको ‘ओभरपास’ उद्घाटन
-
शीर्ष तीन दलबिचको बैठकमा के भयो छलफल ?