बेरुत घटनाको अनुसन्धानका लागि हामीलाई अनुरोध भएको छैन : राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघले बेरुतमा भएको भिषण विस्फोट र त्यसपछि भएको सयभन्दा बढी मानिसको ज्यान गएको घटनाको अनुसन्धानका लागि संयुक्त राष्ट्रसंघलाई कुनै अनुरोध नआएको जनाएको छ ।गत मंगलबार भएको सो भिषण विस्फोटबाट कम्तीमा पनि १५० जनाको ज्यान गएको छ । सो घटनामा परी अरु करिब पाँच हजार जना नराम्ररी घाइते भएका छन् ।
यस घटनालाई लेबनानको इतिहासमा नै एक खतरनाक घटनाका रुपमा लिइएको छ । सो विस्फोट राजधानी बेरुतमा रहेको एक गोदाममा राखिएका रासायनिक पदार्थहरुका कारण भएको बताइएको छ ।
यसको थप अनुसन्धान गर्नुपर्ने बताइएको छ । त्यसैले सो अनुसन्धानका लागि आफूहरुलाई अनुरोध नआएको संयुक्त राष्ट्रसंघका एकजना सहायक प्रवक्ताले बताएका छन् ।
राष्ट्रसंघका सहायक प्रवक्ता फराहन हकले सो कुराको जानकारी दिएका हुन्। उनले भने– हामीलाई बेरुतमा भएको सो दुर्घटनाको बारेमा अनुसन्धान गर्न लेबनान सरकारबाट कुनै आग्रह आएको छैन ।
तर यस घटनाको अनुसन्धान गर्न संयुक्त राष्ट्रसंघ भने तयार रहेको बताएको छ । यस दुर्घटनाको अनुसन्धान गर्न र आवश्यकता अनुरुप सहयोग गर्न तत्पर रहेको पनि सहायक प्रवक्ता हकले बताए । एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण