सुशान्त सिंह राजपूतसँगै फ्ल्याटमा बस्ने सिद्धार्थको झुट समातियो, रियाको कल डिटेल्समार्फत् भयो खुलासा
सुशान्त सिंह राजपूत आत्महत्या मामिलामा पुनः नयाँ कुराको खुलासा भएको छ ।
यसैबीच सुशान्तसँगै एउटा फ्ल्याटमा बसेका सिद्धार्थ पिठानीबारे अचम्मित गरिदिने जानकारी प्राप्त भएको छ ।
आइटीको रुपमा कार्यरत पिठानी विगत एक वर्षदेखि राजपूतसँग एउटै फ्ल्याटमा बस्दै आएका थिए । खबरलाई विश्वास गर्ने हो भने सिद्धार्थको एउटा झुटोको वास्तविकता सार्वजनिक भएको छ जुन रियासँग सम्बन्धित छ ।
सिद्धार्थले हालै एक अन्तरवार्तामा सिद्धार्थ पिठानीले रियालाई खासै राम्रोसँग नचिन्ने बताएका थिए । सिद्धार्थले रियासँग सुशान्तले भेट गराइदिएका कारण आफूलाई रियाबारे खासै जानकारी नभएको बताएका थिए । यद्यपि, रिया चक्रवर्तीको कल डिटेल्सले अर्कै कुरा बताएको छ ।
रिया चक्रवर्तीको पछिल्लो एक वर्षको कल डिटेल्समा सिद्धार्थको कुरा बाझिएको हो । मिडियाको रिपोर्टलाई विश्वास गर्ने हो भने रियाले सिद्धार्थ पिठानीसँग फोनमा १०१ पटक फोन गरेको । त्यस्तै महेश भट्टसँग १८ पटक, स्यामुएल मिरान्डासँग २८७ पटक, बुवासँग ११९२ पटक, आफ्नो भाइसँग १०६९ पटक, श्रुती मोदीसँग ७९ज्ञ पटक र सुशान्तसँग वर्षमा १३७ पटक कुरा गरेकी थिइन् ।
अब रियाको कल डिटेल्स सार्वजनिक भएपछि सिद्धार्थ पिठानीले रियालाई खासै चिन्दिनँ भनेर साँच्चै नै झुटो बोलेका हुन् भनेर पर्दाफास हुन्छ ।
यस्तै, रियाले आफ्नो इन्स्टाग्राममा केही भिडियो अपलोड गरेकी छिन् जसमा उनले सिद्धार्थ पिठानीलाई ट्यागसमेत गरेकी छिन् । यतिमात्रै होइन, रियाको केही भिडियो सिद्धार्थले नै खिचेका हुन् भन्दै रिया आफैंले जानकारी दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण