गोंगबु गणेशस्थानमा हत्या भएका पुरुष केही दिनयता भएका थिए सम्पर्कबिहीन (मृतकको तस्बिरसहित)
काठमाडौं । राजधानीको गोंगबु गणेशस्थानमा हत्या गरेको अवस्थामा फेला परेका पुरुष केही दिनयता सम्पर्कबिहीन भएको पाइएको छ । महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले ती पुरुष केही दिनदेखि सम्पर्कबिहीन भएको खुलेको रातोपाटीलाई जानकारी दिए ।
थापाले भने, ‘केही दिनदेखि ती पुरुष हराएको खुलेको छ, हामी व्यक्ति पहिचानको नजिक पुगेका छौं ।’
ती पुरुष अन्दाजी ४०–४५ वर्षको उमेरका भएको बताइएको छ । उनको टाउको एक ठाउँमा र शरीर टुक्राटुक्रा पारेर फालिएको अवस्थामा अर्को ठाउँमा भेटिएपनि रातोपाटीलाई प्राप्त तस्बिरअनुसार उनको टाउकोपट्टीको भागमा भने कुनै चोटपटक देखिएको छैन ।
घटनास्थलमा प्रहरीले सुक्ष्म ढंगले अनुसन्धान थालेको छ भने घटनास्थलमा तालिम प्राप्त कुुकुरको पनि प्रयोग गरिएको छ ।
यसैगरी शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ ।
पुरुषको टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।
सडक किनारामा राखिएको सुटकेशबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
