ट्राफिक महाशाखाका थप ३ प्रहरीमा कोरोना संक्रमण
काठमाडौं । ट्राफिक प्रहरी महाशाखामा कार्यरत थप ३ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रहरी अस्पतालमा पिसिआर जाँच गर्दा थप ३ जनाको रिपोर्ट पोजेटिभ देखिएको अस्पतालमा कार्यरत एक डाक्टरले रातोपाटीलाई जानकारी दिए । संक्रमित तीनजना गण नम्बर–२ महाराजगञ्जको क्वारेन्टाइनमा थिए ।
तीनजना प्रहरीसँगै महाशाखामा कार्यरत कोरोना संक्रमित ट्राफिकको संख्या ९ पुगेको छ । तीमध्ये एकजना थापाथलीमा कार्यरत हुन् ।
उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने जिम्मेवारी पाएको ट्राफिक महाशाखा सिल गरिएको छ । प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकाल सहित ३०९ जना ट्राफिक प्रहरी क्वारेन्टाइनमा छन् ।
साउन १६ मा हवल्दार र जवानलाई कोरोना देखिएपछि कार्यालय सिल गरेर पिसिआर जाँच गरिँदै छ । शुक्रवार पिसिआर जाँचका लागि ३१ जनाको स्वाब संकलन गरिएको थियो ।
ट्राफिक प्रहरीमा संक्रमण कहाँबाट भयो भन्ने ‘स्रोत’ खुल्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा विश्वकप २०२६
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण