दुई ट्र्याक्टर अवैध सालको काठसहित छ पक्राउ
वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१४ बाट दुई ट्र्याक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ ।
डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्र्याक्टर अवैध काठसहित धनगढीमाई नगरपालिका–१४ निवासी समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र नसिबलाल दास तथा गोलबजार नगरपालिका–६ निवासी जितकुमार साह र शिवनाथ साहलाई पक्राउ गरेको हो ।
काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा खटिएको वन कर्मचारीको टोलीले काठ बोकेको ना४त ८७२८ र स१त ५२९७ नंको ट्र्याक्टर र एक थान मोटरसाइकलसहित सबै जनालाई पक्राउ गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए ।
दुवै ट्र्याक्टरबाट ६९ थान सालको चिरान काठ बरामद भएको प्रमुख दासले बताए । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
-
क्ल्याक्टन उपनिर्वाचन: आरोप, राजीनामा र पुनः जनादेश ?
-
गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने : गगन थापा
-
अरुणका कालजयी गीत गुन्जिँदा...
-
मुख्यमन्त्रीलाई नबुझाउँदै कसरी बाहिरियो एमालेका मन्त्रीहरूको राजीनामापत्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण